Search site


Contact

मनीषा कोइरालाको अश्लील भिडियो ?

26/08/2009 15:49


बलिउड अभिनेत्री मनीषा कोइरालाको दाबी गरिएको एउटा अश्लील भिडियो भारतमा तीव्रताका साथ फैलँदैछ। मोबाइलमार्फत् फैलिएको यस्तो भिडियोलाई इन्टरनेटमा राखी अझै फैलाउने काम भइरहेको छ।

MMS of Manisha
को हुन् उनीः मनीषाको भनिएको एमएमएसमा देखिएको अनुहार। मनीषाको अनुहार यसमा मिलाइएको हो कि उनीजस्तै देखिने अर्कै युवती हुन् यिनी?

विगत केही समयदेखि बलिउड अभिनेत्रीहरुको भनिएका अश्लील एमएमएसहरुले बजार तताइरहेको छ। केही अघि मल्लिका शेरावत, रिया सेन र टेनिस स्टार सानिया मिर्जाको भनिएका एमएमएसको चर्चा भइरहेको थियो भने अहिले प्रीटी जिन्टा र मनीषा कोइरालाको चर्चा भइरहेको छ।

मनीषाको एमएमएस शुक्रबारदेखि भारतमा फैलन थालेको टाइम्स अफ इन्डियाले जनाएको छ। एक भारतीय मित्रको मध्दतबाट मैले मनीषाको भनिएको एमएमएस हेर्ने मौका पाएको थिएँ। भिडियो सार्‍है अश्लील प्रकृतिको छ। कुनै महिला वा अपरिचित व्यक्तिका सामु त हेर्नै नमिल्ने खालको दृश्य छ यसमा। भिडियोमा देखिएको अनुहार मनीषाको अनुहारसित दुरुस्तै मिल्छ। तर केही चलाखी गरी उनको अनुहारलाई त्यस्तो भिडियोमा राखिएको हो वा मनीषा जस्तै देखिने अर्कै कुनै केटी पो त्यसमा देखाइएको हो, मलाई थाहा हुन सकेन। मनीषाले भने यस्तो बकवास कुरामा कुनै प्रतिक्रिया दिन्न भनेर टाइम्स अफ इन्डियालाई बताएकी रहिछिन्।

प्रीति जिन्टाको भने मैले हेर्न पाएको छैन। सानिया मिर्जाको भने अनुहार प्रष्ट देखिएकै छैन, बेकारमा उनलाई त्यत्तिकै यो विवादमा तानिएको छ। मल्लिकाको भनिएको एमएमएसमा त उनको जस्तै अनुहार देखिने मेक्सिकन अश्लील फिल्मकी अभिनेत्री लली रहेको खुलासा भइसकेको छ।

टाइम्स अफ इन्डियाको भर्खरैको एउटा लेखमा भारतमा यस्ता एमएमएस महामारी जस्तै गरी फैलिरहेको उल्लेख गरिएको छ। केही दिनअघि मात्रै भारतमा यस्ता क्लिप्स बनाएर वितरण गर्ने केही युवाहरुलाई प्रहरीले गिरफ्तार गरेको रहेछ।

चर्चित युवतीहरुलाई नाङ्गै हेर्न चाहने पुरुषहरुको दमित भावनाका कारण यस्तो भइरहेको त्यसमा लेखिएको छ। मनीषा र प्रीटीपछि अब पालो कसको त? ऐश्वर्या र सुस्मिताको?
मोबाइल फैलिने यस्ता एमएमएसलाई कम्प्युटरमा थ्रीजीपी फाइल बनाएर हेर्न मिल्दो रहेछ। थ्रीजीपी फाइल खोल्न अलग्गै थ्रीजीपी प्लेयर वा रियल प्लेयरमा कोडेक इनस्टल गर्नुपर्ने रहेछ। यी सबै इन्टरनेटमा निःशुल्क पाइने रहेछन्।